FAQs Complain Problems

समाचार

मुसिकाेट नगरपालिकाकाे परिचय

 मुसिकोट नगरपालिकाको तेस्रो नक्सा

सर्बप्रथम यस मुसीकोट नगरपालिकाको Website Visit गर्नुभएकोमा तपाइलाई धन्यवाद | अनुपम सौन्दर्यताले भरिपुर्ण एेतिहासिक मुसिकोट नगरपालिका पश्चिम नेपाल  लगायत सिंगो राष्ट्रमा सुपरिचित छ । मुसिकाेट नगरपालिका नेपालको लुम्बिनी प्रदेश  अन्तर्गत गुल्मी जिल्लामा रहेको छ | मुसिकाेट नगरपालिकाको स्थापना नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा  स्वायत्त  क्षेत्रको संख्या तथा सीमाना  निर्धारण आयोगले मिति २०७३/०९/२२ मा पेश गरेको प्रतिवेदन र नेपाल सरकारको मिति २०७३/१०/२२ को निर्णयअनुसार माननीय संघिय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित  समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा साविकका पाैदिअमराइ,मुसिकाेट,बडागाउँ,आँपचाैर,कुर्घा,वामी,अर्लाङ्गकाेट गरि ७ वटा गा.वि.स. र नेटा गा. वि. स का १, २,३ र ४ वडा  समावेश गरी  भएको हो | याे नगरपालिका गुल्मी जिल्लाका १२ स्थानिय तहमध्ये सबैभन्दा धेरै जनसंख्या भएकाे नगरपालिका हाे ।यस नगरपालिकामा पवित्र मालिका मन्दिर,पर्यटकिय शिखरमा अवस्थित सालिमेधाम,एेतिहासिक मुसिकाेट दरबार,नेपालमा कफि खेतिकाे जननी आँपचाैर जस्ता राष्टिय गाैरवका ठाउँहरू रहेका छन् ।

   मध्येपहाडी लाेकमार्गकाे समीपमा कुल ११४.७४ वर्ग  कि.मी. क्षेत्रफलमा फैलिएकाे छ ।९ वटा वडाहरूमा  विभाजित यस नगरपालिकाकाे कूल जनसंख्या २०७८ काे जनगणना अनुसार २८,४५४ रहेकाे छ । यसकाे सिमाना पूर्वमा चन्द्रकाेट गाउँपालिका,पश्चिममा इस्मा गाउँपालिका,उत्तरमा बाग्लुङ्ग जिल्ला र दक्षिणमा रेसुङ्गा नगरपालिका रहेका छन् ।

नगरपालिकाको भाैगाेलिक अवस्था, सिमाना र क्षेत्रफल

क)अक्षांश :– २८⁰ ०७’ देखि २८⁰ २१’ सम्म उत्तरी अक्षांश

ख)देशान्तर :– ८३⁰ ११’ देखि ८३⁰ २४’ सम्म पूर्वी देशान्तर

ग)क्षेत्रफल :– ११४.७४ वर्ग कि. मि.

घ)उचाइ :– समुन्द्र सतह देखी (ढाेडेनी बगर ७५० मि. देखी सालिमेदह २४०० मि.सम्म) रहेको छ ।

ङ)सिमाना :– पूर्व – चन्द्रकाेट गाउँपालिका, पश्चिम – इश्मा र मालिका गाउँपालिका,    उत्तर – बाग्लुङ्ग जिल्लाको बडिगाड गाउँपालिका र गलकाेट नगरपालिका,   दक्षिण – रेगुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिका रहेका छन् । 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.